मौसम पूर्वानुमान:मनसुनी वायुको प्रभाव रहेकाेले केहि दिन लगातार वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेकाेले केहि दिन लगातार वर्षा हुने जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको बताउँदै महाशाखाले देशभर आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १ गते (बिहिबार)
आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएकाे छ ।

राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २ गते (शुक्रबार)

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना अनुमान गरीएकाे छ ।

राती देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ३ गते (शनिबार)

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको अनुमान छ ।

शनिबार राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे तथा एक/दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन भनेकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।