आज फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार  सुनको मूल्य प्रतितोला ६ सय रुपियाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ६ सय  रुपियाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ९९५ रुपियाँमा कारोबार भएकोमा आज १० रुपियाँले बढेर प्रतितोला १००५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।