मेलम्चीको सुरूङ परीक्षणका क्रममा इन्जिनियरसहित २ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् ।

सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।

सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। पानी खोलेपछि १७ नम्बर गेट थाम्न नसक्दा उनीहरुलाई पानीले बगाएको हो।

कफर ड्यामदेखि पहिलो अडिट टनेल करिब ७०० मिटरमा छ। सोही अडिट टनेलमा रहेको गेट फुस्किएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।