चन्द्र ढकाल समूहको प्यानलसहित उम्मेदवारी घोषणा,यस्तो बन्यो टीम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चन्द्र ढकालले आफ्नो टिम (प्यानल) सार्वजनिक गरेका छन् । 

ढकाल समूहले बुधबार कार्यक्रम गरेर  आफ्नो प्यानल विजयी हुने दावी  सहित  उम्मेदवारी घोषणा गरेका हुन् । टीममा  ढकालको टीममा जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

उम्मेदवारी घोषणा ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए । यद्यपि उनले गोल्छाको भूमिकाको विषयमा भने असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने बताए ।

महासंघको चुनावी साधारणसभा आगामी साउन २६ र २७ गते काठमाडौंमा हुँदै छ ।

बरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानले पनि प्यानलै बनाएर चुनाबी प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

 प्रधानले पनि आफ्नो प्यानल बनाएका छन् तर औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।