काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ३५४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ३ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौंमा २ सय ३४, ललितपुरमा ७५ र भक्तपुरमा ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौंमा तीन, ललितपुरमा पाँच र भक्तपुरमा एक जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १६ हजार ९ सय ४५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १० हजार २ सय ९४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमबार मात्रै देशभर १ सय ४४ जनालाई संक्रमण देखिएको छ ।

संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, सोमबार मात्रै ५ हजार ८ सय ५६ जनाको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म २ लाख ८९ हजार ३ सय ७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् । हालसम्म सक्रिय संक्रमित ६ हजार ६ सय १३ रहेको र उनीहरू आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी दैनिकमा खबर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।