काठमाडौं । नेपाल तरुण दलले बी.पी. कोइरालाको ३८औं स्मृति दिवस साप्ताहिकका रुपमा ७७ वटै जिल्लामा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले एक परिपत्र जारी गर्दै सबै जिल्ला समितिहरुलाई महामानव वी.पी. कोइरालाको ३८ औँ स्मृति दिवस यहि मिति २०७७ श्रावण ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने नेपाल तरुण दल केन्द्रिय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपशिलका कार्यक्रमहरु गरी/गराई मनाउन निर्देशन दिएका छन् ।
यस्तो छ परिपत्र
प्रस्तुत विषयमा महामानव बीपी कोइरालाको ३८औं स्मृति दिवस यही मिति २०७७ साउन ६ गते साप्ताहिक रूपमा विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपसिलका कार्यक्रमहरू गरी÷गराई मनाउन यो परिपत्र गरिएको छ ।
तपसिल :
१. नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने ।
२. बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रियाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने ।
३. कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने ।
४. स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने ।
५. कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने ।
६. बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह (क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति) का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने ।
७. त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला ।
नोट : अनिवार्य रूपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरी कोभिड–१९ बाट आफू पनि बचौं र अरूलाई पनि बचाऔँ ।
Comment