काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको मन्त्रालयले बताएको छ ।
Comment