रसुवाका सांसद मोहन आचार्यले ५ सय जनाको गराए निःशुल्क कोरोना बीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसबाट विजयी रसुवाका सांसद मोहन आचार्यले आफ्नो निर्वाचन क्षेत्रका ५ सय ८ स्थानीय पेशाकर्मीको निःशुल्क कोरोना बीमा गराएका छन् । आचार्यले स्वास्थ्यकर्मी, पुलिस, पत्रकार तथा राजनीतिक दललमा आवद्ध व्यक्तिहरुको निःशुल्क कोरोना बीमा गराएका हुन् ।

कोरोना बीमा एनएलजी इन्स्योरेन्स मार्फत गरिको छ । 

उनले प्रतिव्यक्ति १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गराएका हुन् । उक्त बीमा गराउदा ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क तिरिएको सांसद आचार्यले जानकारी दिए ।

 बीमा समितिले प्रतिव्यक्ति ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका कोरोना बीमा लेख जारी गरेको छ । 

समाजमा अग्रपंतीमा रहेर काम गर्नुपर्ने विभिन्न पेशाकर्मीको निःशुल्क बीमा गराएर मनोबल उच्च बनाउने पहल गरिएको सांसद आचार्यले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।