काठमाडौं उपत्यकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

टोखा नगरपालिका ६ हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार संक्रमित एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति हुन् भने तीनजना हरियाली बस्तीकै बासिन्दा हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।