एनआइसी एसियाको सुपर चमत्कारिक घर कर्जा योजना, ब्याजदर ८.२५ प्रतिशत मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घर किन्ने सेवाग्राहीहरुका लागि एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ।

सुपर चमत्कारिक घर कर्जा योजनामा ग्राहकले ८.२५ प्रतिशत मात्रै ब्याजदरमा कर्जा लिन सक्ने बैंकले जनाएको छ।

बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।

पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने बैंकले उल्लेख गरेको छ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, जग्गा खरिद आदि वित्तीय सेवा सुविधाका कर्जा लिन सक्नेछन् । ग्राहकले न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्षसम्मका लागि यस्तो कर्जा लिन सक्नेछन् ।

सुपर चमत्कारिक घर कर्जा अन्तर्गत अधिकतम १ करोड ५० लाखसम्म कर्जा पाइने बैंकले जनाएको छ । जसमा अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटारियम पिरियड लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ ।

ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने ईएमआइ वार्षिक रुपमा आफैले निर्धारण गरेर भुक्तानी गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।