नबिल बैंकले शुरु गर्यो ‘नबिल डिजी बैंक’ योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको छ। 

बैंकको ३६ औँ वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकको ‘डिजी बैंक’ स्थापनाको घोषणा गरेका हुन्। नबिल बैंकको ‘डिजी बैंक’ को नारा ‘लाइफ अब ढुक्क’ भन्ने राखिएको छ। 

भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नबिल डिजी बैंक बैंकभित्रको अर्को बैंक हुनेछ । बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो। त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।’ उनले थपे, ‘३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको थियो। अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने छ ।’ शाहले ६ बर्षमा ‘नबिल डिजी बैंक’ ठूलो हुने र अहिले गरिरहेको बैंकिङ सानो हुने बताए। 

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा विनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।