यूएईमा भिसा नवीकरण खुला, सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘यूएई’ले कोरोना भाइरस संक्रमणका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया खुला गरेको छ ।

कोरोना संक्रमण घट्दै गएपछि यूएई सरकारले जुलाई १२ देखि लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण खुला गरेको हो ।

भिसा र वर्क परमिटको समय सकिएका कामदारहरुले आगामी सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने यूएई सरकारले जानकारी दिएको छ ।

यो निर्णयबाट यूएईमा भिसा अवधि सकेर बसेका नेपाली लगायत हजारौं कामदार लाभान्वित हुने भएका छन् ।

भिसा सकिएका केही विदेशी कामदार यसअघि नै स्वदेश फर्केका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।