सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सुनको मूल्य  प्रतितोला १०० रुपैयाँले घटेको छ । 

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले चाँदी  प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। ।

शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो । सो दिन लागि छापावाल सुन ९२ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँमा कारोबार भएको थियो। 

असार २५ गते सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च बिन्दु (प्रतितोला ९२ हजार ४०० रुपैयाँ) मा पुगेर कीर्तिमानी उचाईमा पुगेको थियो। यस्तै चाँदीको मूल्य पनि हालसम्मकै माथिल्लो भाउ ( प्रतितोला ९८० रुपैयाँ) मा पुगेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।