कांग्रेसकाे खेलकुद विभागमा २३ जना मनाेनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर।  नेपाली कांग्रेसको खेलकुद विभागमा २३ जना सदस्यहरु मनाेनित भएका छन् ।

नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले दिएको जानकारी अनुसार विभागका प्रमुख मोहन बहादुर बस्नेतकाे सिफारिसमा पार्टी सभापति शेरबहादुर देउवाले २३ जनालाई खेलकुद विभागकाे सदस्यमा मनाेनित गरेका हुन् ।
विभागकाे सदस्यमा मनाेनित हुनेहरुमा बाराका मणिभुषण यादव, सिराहाका उपेन्द्र यादव, काठमाडौंका दिर्घराज गुरुङ्ग र उद्वव खड्का, बाँकेका विजेन्द्र हमाल, मोरङका सोभितराज प्रसाई, सुनसरीका किशोर राई, धनुषाका लनम चौधरी, दाङका जितबहादुर के.सी.,झापाका पंकज नेम्वाङ, वर्दियाका कृष्ण वर्मा, डोटीकी प्रतिमा शाही र पूर्ण सिंह वोहोरा, भक्तपुरका उमेश खड्का, नुवाकोटका राजु कँडेल, स्याङ्जाका देव कुमार मानन्धर, कन्चनपुरका भानु चन्द, कैलालीका कुवेर प्रकाश सिंह, दोलखाका सिंह बहादुर तामाङ, सिन्धुपाल्चोकका टपेन्द्र धर्नाल, हुम्लाका बखत बहादुर शाही, इलामका डम्बर खड्का, र रुकुम शिव आचार्य रहेका छन् ।


पार्टी सभापति देउवाले यस अघि नै माेहनबहादुर बस्नेत प्रमुखत्वमा काठमाडौंका माेहनकुमार राईलाई उपप्रमुख र ललितपुरका मीनकृष्ण महर्जनलाई सचिवमा मनाेनित गरेका थिए। २३ जनाकाे मनाेनयनसंगै कांग्रेस खेलकुद विभाग २६ सदस्यीय बनेको छ। ५१ जना रहने खेलकुद विभागमा प्रमुख बस्नेतकाे सिफारिसमा थप २५ जनालाई मनाेनित गर्न सक्ने व्यवस्था रहेकाे विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी गराए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।