‘कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन’- डब्लुएचओ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ।

डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले अहिलेकै स्थितिमा भाइरस नियन्त्रण चुनौतीपुर्ण देखिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’

उनले भाइरसलाई पूरै नष्ट गर्न सकिन्छ जस्तो नदेखिएको पनि उल्लेख गरे । दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्नुपर्ने सुझाव उनले दिएका छन् ।

शुक्रबार एकैदिन संक्रमितको संख्या हालसम्मकै बढी देखिएपछि डब्लुएचओको पछिल्लो प्रतिक्रिया आएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।