काठमाडौंमा एक कोरोना संक्रमित बिरामीको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।

लामो समय देखि विभिन्न रोगहरुसँग लड्दै आएका ति पुरुषको स्वास्थ्यमा समस्या आएपछि असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

सो अस्पताल भर्ना गरिएसँगै  उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको बिहिवार मृत्यु भएको थियो।  मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो  ।

नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

तर स्वास्थ्य  मन्त्रालयबाट भने औपचारिको पुष्टि हुन बाँकी रहेको छ । संक्रमित पुरुषको मृत्यु भए संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उनको घर क्षेत्रलाई सिल गरि कन्ट्रयाक्ट ट्रेसिंगको काम शुरु गर्ने जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।