वैदेशिक रोजगारीमा जान १८ सय जना भन्दा बढीले लिए पुनः श्रम स्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले तीन महिना बन्द गरेर खुल्ला गरेपछि १८ सय नेपालीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

सरकारले खुल्ला गरेपछि एक सय ९६ महिला र बाँकी पुरुषले श्रम स्वीकृति लिएका विभागले जनाएको छ। सबैभन्दा धेरै युएई को लागि श्रम स्वीकृति लिएका छन् । शुक्रबारसम्म युएईका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ८ सय ३१ पुगेको छ।

२०० जना कतार, १६८ जना मलेसिया, २८३ जना जापान र ५७ जना कुवेत गएका छन्। अहिलेसम्म युवाहरुले २८ देशका लागि पुनः श्रम स्वीकृति लिएका छन्।

यही असार १५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी बिदामा आएका तथा करार अवधि बाँकी रहेका नागरिकलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो।

यस्तै यसअघिको करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञाको म्यादसमेत थप भएका व्यक्तिलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

कोरोना महामारीबाट नेपालका प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित भएपछि गत फागुन २९ गते बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैदेशिक रोजगारीका लाग दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीमा जान दिने बाटो खोलेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै तोकिएको मापदण्ड पूरा गरी श्रम स्वीकृति प्रदान गर्न निर्देशन दिएको थियो। हवाई टिकट लिएर श्रम स्वीकृति लिन बाँकी रहेकालाई प्राथमिकताका आधारमा स्वीकृति प्रदान गरिएको कार्यालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।