विकास दुबेको प्रहरी इनकाउन्टरमा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा ८ जना प्रहरीको हत्या गरेका भनिएका गुण्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन्।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले विकासलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।

दुर्घटनापछि विकासले हतियार खोसेर भाग्ने प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो ।

प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका थिए । विकासले घाइते रहेका प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका विकासको मृत्यु भएको जनाइएको छ ।

गुण्डा समूहका नाइके दुबेमाथि कानपुरमा डीएसपीसहित ८ जना प्रहरीको हत्या गरेको अभियोग छ।

गएको शनिबार राति दुबेलाई पक्राउ गर्न उनको घरमा गएको प्रहरीमाथि दुबेको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जना डीएसपी, ३ जना सबइन्स्पेक्टर र ४ जना प्रहरी जवान मारिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।