कारोबारको पहिलो दिनै एनआईसी एशिया लघुवित्तको शेयरमूल्यमा लाग्यो सकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं। एनआईसी एशिया लघुवित्तको शेयर कारोबार खुलको पहिलो दिन बिहीबार कारोबार सुरु भएको २० मिनेटमा नै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

सुरुको कारोबार ३३१ रुपैयाँमा खुलेको लघुवित्तको ७ वटा कारोबारबाटै सर्किट लागेको हो। लघुवित्तको शेयरमूल्य ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ। नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसादेखि अधिकतम ३३१ रूपैयाँ २९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे।

नेप्सेको मार्केट डेप्थमा लघुवित्तको सर्किट मूल्य (३६४ रुपैयाँ) मा नै २ लाख ९८ हजार कित्ताको खरिद अर्डर छ भने कूल ४ लाख ८२ हजार ३५२ कित्ताको माग देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।