सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुदैछ कारोवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं।  नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९८० रुपैयाँ तोकेको छ।यस्तै चाँदीको मूल्य पनि हालसम्मकै माथिल्लो भाउमा पुगेको छ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ, तेजावी सुन ९०५ रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएको हो।

यसअघि असार १७ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँमा कारोबार भएको रेकर्ड थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।