काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
संस्थाले गत आइतबार (असार २१ गते) गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो। लगानीकर्ताले आज (असार २४ गते) बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
मागभन्दा करिब १४ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्न लागिएको हो । यस कम्पनीको आईपीओमा विक्री खुला भएको तीन दिनमा १३ख दशमलव ७३ गुणा बढी आवेदन परिसकेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।
यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस प्रदान गरेको छ।
Comment