कांग्रेस महाधिवेशनको कार्यतालिका सार्वजनिक (तालिका सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाली कांग्रेसले चौथो महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबका बीच कांग्रेस केन्दीय कार्यसमितिको सोमबार बसेको बैठकले फागुन १० गतेभित्र सम्पन्न गर्ने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको हो ।

देउवा समूहले पटक‑पटक पटक महाधिवेशनको मिति सारेको भन्दै पौडेल समूहले कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

कार्यातालिका अनुसार पुस ६ गते गाउँरनगर वडा अधिवेशन, पुस ८ गते गाउँरनगरपालिका अधिवेशन, पुस ११ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस १६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, माघ ६ गते प्रदेश अधिवेशन र फागुन ७, ८ ९ र १० गते केन्द्रीय अधिवेशन हुनेछ ।

पुस ६ देखि १६ गतेसम्मका लागि तोकिएका अधिवेशनहरू चिसोका कारण हिमाली क्षेत्रमा हुने भने आशंका गरिएको छ । पौडेल पक्षको दबाबमा देउवा पक्षले कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन हुनेमा आशंका भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।