बागलुङमा क्वारेन्टिनमा बसेका युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ।

निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिका छन्।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।

उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले जानकारी दिए। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।