बझाङमा पहिरोले १७ घर बगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकामा पहिराले १७ घर बगाएको छ । गएराति बस्तीमाथिवाट एक्कासी झरेको पहिरोले घरहरु बगाएको हो । पहिरोले केदारस्युँ गाउँपालिका बडा नम्बर आठको मल्लेसीमा रहेका घरहरु बगाएको हो ।

पहिरोमा परेर केही स्थानीय बेपत्ता भएका छन । पहिरोले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । पहिरोले जलविद्युत आयोजनाको पावरहाउस पनि पुरेको छ ।

पहिरोले बस्ती पुरेको जानकारी पाएपछि प्रहरीको टोली त्यसतर्फ गएको छ । घटनास्थल सदरमुकाम चैनपुरदेखि डेढ घण्टाको मोटरबाटो र त्यहाँबाट पैदल करिब पाँच घण्टाको दुरीमा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।