सुनचाँदीको मूल्य ओरालो गतिमा,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं। उच्च मूल्यमा कारोबार भएको सुनको भाउ पछिल्लो दुई दिन (बिहीबार र शुक्रबार) लगातार घटेको छ। यस्तै सुनसँगै चाँदीको मूल्य पनि दुबै दिन लगातार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदीको प्रतितोला १० रुपैयाँले घटेको हो। बिहीबार पनि सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको थियो।

नेपाली बजारमा सुनचाँदीको भाउले असार १७ गते बुधबार ऐतिहासिक उचाईको रेकर्ड कायम गरेको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी सुन प्रतितोला ९० हजार ५६५ रुपैयाँ, र चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।