कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका   ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको  हो ।

मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।