काठमाडौं। नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ ।
बुधबार कम्पनीले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तीको लागि दरखास्त आह्वान गरेको हो ।
कम्पनीको प्रमुख कार्यकारीका लागि व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्रमा स्नाकोत्तर तह उर्तिण गरेको वा स्नातक तह उर्तिणसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्नेछ ।
त्यस्तै बैंक वित्तीय संस्था वा सुचिकृत कम्पनीमा कम्तिमा ४ वर्ष ब्यबस्थापकिय तहमा काम गरेको हुनु पर्ने छ । यी योग्यता भएका ३० वर्ष पुरा भई ५८ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्ने छन् ।
आवेदन दिनेले ब्यबसायिक कार्ययोजना अर्थात् बिजनेश प्लान समेत बुझाउनु पर्ने छ ।
Comment