एनआईसी एशिया लघुवित्तको आईपिओ प्रि-अलोटमेण्ट आज,३० हजार आवेदकलाई २० कित्ता !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बिहीवार प्रि-अलोटमेण्ट हुँदैछ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले बिहान १० बजे प्रि–अलोटमेण्ट गर्ने र अलोटमेण्टको मिति तय गर्ने जानकारी दिएको हो । प्रि-अलोटमेण्ट गरेको ३ कार्य दिनभित्र आईपिओ बाँडफाँड गर्नुपर्ने व्यवस्था छ ।

शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार लघुवित्तको आईपिओमा अहिलेसम्मकै सबैभन्दा धेरै ४ लाख १४ हजार १८० वटा आवेदन परेको छ।

लघुवित्तले सर्वसाधारणमा ४४ करोड ४३ लाख २० हजार रुपैयाँ बराबरको ४४ लाख ४३ हजार २ सय कित्ता आईपिओ निष्कासन गरेको थियो। जसमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ताका लागि माग भएको क्यापिटलले जनाएको छ। जुन निष्कासन भन्दा ५।१९ गुणा बढी हो ।

आईपिओ माग गर्दै परेका सबै आवेदन सदर भएमा ३ लाख ८४ हजार ४० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् भने ३० हजार १४० आवेदकले २० कित्ताका दरले शेयर पाउने देखिएको छ । अहिले परेका आवेदनहरुको अन्तिम तथ्यांक परिमार्जन भएमा केहि तलमाथि हुनसक्छ ।

लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। जसमध्ये ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिसकिएको छ। सर्व साधारणलाई ४४ लाख ४३ हजार २०० कित्ता बाँडफाड हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।