माइती नेपाल कञ्चनपुरको बिपन्न परिवारलाई सामाजिक भान्सा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा ।  माइती नेपाल कञ्चनपुरले विपन्न परिवारका लागि सामाजिक भान्सा अभियान सुरु गरेको छ् । 

लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवार तथा महिला, बालबालिकाहरुका लागि मंगलबारबाट सामाजिक भान्सा अभियान सुरु गरेको माइती  नेपाल कञ्चनपुरले जनाएको छ् ।

लामो समय सम्म भएको बन्दाबन्दी कारण दैकिन ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेको भन्दै माइती नेपालले सो अभियानको सुरु गरेको जनाएको छ ।

५६ दिन सम्म चल्ने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एक महिलाहरुलाई एकछाक पोषिलो खाना खुवाइने माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन् ।

उनको अनुसार  वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार बढी मारमा परेकाले आफुहरुले उनीहरुका लागी सामाजिक भान्सा अभियानको सुरु गरेको बताइन ।

‘अहिले धेरै जसो क्षेत्रमा बन्दाबन्दीका कारण आम नागरिकलाई  साँझ बिहानको छाक टार्न समस्या परेको छ’ संयोजक भट्टले भन्नि ‘यस्तो बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहा“हरुलाई धेरै ठुलो सहयाग पुग्ने हामीले आशा गरेका छौ ।’  उनको अनुसार झण्डै दुई महिना चल्ने अभियानमा जिल्लामा रहेका अतिविपन्न र बन्दाबन्दीको मारमा परेका परिवारलाई बढी प्राथमितामा राखिने छ् ।

माइती नेपाल, युएन ओमन तथा स्थानीय तहको समन्वयमा संचालन गरिएको अभियानमा दैनिक दुई सय ५० जना महिला तथा बालबालिकालाई पोषिलो खाना खुवाइने छ ।

अभियानको पहिलो दिन भिमदत्त नगरपालिका १८ सालघारी स्थित सुकुम्बसी शिविर तथा दलित बस्तीमा पोषिलो खाना वितरण गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ । अभियानमा भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले यस्तो अभियानमा नगरपालिकाले सधै सहयोग गर्ने बताए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।