काठमाडौं । सामाखुसीमा ट्रक र बाइक एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेटको युके ०८ सिए ३२५८ नम्बरको ट्रक र बा ७८ प ६८५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन्।
मोटरसाइकलमा सवार अनुपा बराल, उनका श्रीमान् सुरेश अधिकारी र छोरा अषलेष अधिकारी घाइते भएको महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए। घाइतेमध्ये अनुपाको अवस्था भने गम्भीर छ।
घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।
Comment