टिकटकसहित ५९ वटा चिनियाँ एप भारतमा प्रतिबन्ध, कुन-कुन परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले चर्चित एप टिकटक चर्चित एप टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । 

पछिल्लो समय भारत र चीनबीच सीमा विवाद चलिरहँदा भारतमा चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने माग चलिरहेको थियो । भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो ।

भारत सरकारलाई भारतक सुरक्षा एजेन्सीहरुले संकास्पद चिनियाँ एपहरुको सूची बनाएर दिएको र सोहि अनुसार सरकारले निर्णय लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारत सरकारले भारतको सम्प्रभुता, अखण्डता र देशको सुरक्षा व्यवस्थामा खतरा भएको भन्दै यी मोबाइल एपहरु बन्द गरेको जनाएको छ । यी एपहरुको सर्भर भारत बाहिर रहेको र भारतका महत्वपूर्ण डाटा चोरी गरेको हुनसक्ने आरोप यी एपहरुलाई लगाइएको छ । 

प्रतिबन्ध लगाएका प्रमुख एपहरु : 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।