पुनः थप गरियो बीमा शुल्क तिर्ने म्याद,कहिलेसम्म छ म्याद ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले तिर्न बाँकी रहेको जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद थप गरेको छ ।

समितिले सोमवार पहिलाको म्याद सकिएको र कोरोनाको कहर पनि सामान्य नभएकाले पुनः म्याद थप गरेको बताएको हो ।

यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । समितिका अनुसार बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमा शुल्क तिर्न सक्नेछन् ।

सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि लकडाउन लगाएपछि लगाएयता समितिले पटकपटक बीमा शुल्क म्याद थप गर्दै आएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।