निजी क्षेत्रमा अख्तियार विधेयक पसाउनुको औचित्य छैन: प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई अख्तियार पसाउनुको औतित्य नभएको बताएका छन् ।

नेपाल उद्योग परिसंघको सत्रौं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई अनुगमन गर्ने विभिन्न निकाय भएकाले अख्तियारले हेर्न आवश्यक नभएको स्पष्ट पारे ।‘अहिले यो विषय टुंगिएको छ,’ उनले भने ‘ निजी क्षेत्रलाई हेर्ने धेरै निकायहरु छन् ।’ सरकारले अख्तियार सम्बन्धी ऐन संशोधन गरेर निजी क्षेत्रमा अख्तियार प्रवेश गराउने काम अगाडी बढ्दैन । 

निजी क्षेत्रको समस्या छलफल गरेर समाधान गरिने उनको भनाइ छ। निजी क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिएको भन्दै उनले निजी क्षेत्रका समस्या देशकै समस्या भएकाले छलफल र सहकार्यका साथ समस्या समाधान गर्नुपर्ने बताए।

उनले कोभिड १९ को समस्या समग्र देशले नै भोगेकोले यसको सामना पनि सहकार्य गरेर नै गर्नुपर्नेमा जोड दिए। कोरोनाका कारण लाखौं नेपालीहरु स्वदेश फर्कने भएकोले रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई थप दबाब भएको पनि बताए।

के छ ऐनमा ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तेस्रो संशोधन विधेयकले बैंक, वित्तीय संस्था, बीमा, मेडिकल कलेज र सम्बद्ध अस्पताल पनि अख्तियारको क्षेत्राधिकारमा पर्ने व्यवस्था गर्न लागेको हो । 

यदि संशोधित विधेयक जस्ताको तस्तै पास पास भएमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र यस्तै प्रकृतिका अन्य प्राज्ञिक वा शैक्षिक संस्था अख्तियारको अख्तियारको निगरानीमा पर्ने भएको छ । 

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको अनुदान प्राप्त गरी राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट सञ्चालित परियोजना पनि अख्तियारको क्षेत्राधिकारमा पर्ने भएको हो । तिब्र विरोधको बावजुद पनि निजी क्षेत्रमाथि अनुसन्धान गर्न सक्नेगरी उक्त विधेयक अघि बढाइएको हो । अख्तियारले भने सार्वजनिक सेवा प्रवाह गर्ने निजी क्षेत्रमा ६० प्रतिशतभन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक गर्दै यी तथा यस्ता कम्पनीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।