सेलपे खेती अफर : १ हजारमाथिको सामान खरिदमा १ किलो टमाटर सित्तैमा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्स प्लेट्फर्म खेती फुडसँग मिलेर सेलपे खेती अफर सुरु गरेको छ।

अफर असार ११ गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ।

यो अफरअन्तर्गत ग्राहकहरुले खेती एप वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरिद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै १ हजारमाथि रकमको सामानको खरिदमा १ किलो टमाटर सित्तैमा पाउनेछन्।

सेलपे खेती अफरमा सहभागी भई ग्राहकले डिस्काउन्ट कुपन पाउनको लागि खेती एप वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।