यस्तो छ उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ।

कार्यालयले उपत्यका बाहिर जानका लागि सवारी पास पाउन निवेदकले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको नयाँ ढाँचा अनुसारको निवेदन दिनुपर्ने व्यवस्था गरिएको जनाएको हो ।

ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ।

कार्यालयले सकभर आफैले प्रिन्ट गरेर निवेदन भर्न आग्रह गरेको छ । आफैँले प्रिन्ट गर्न नसकेमा भने ५ रुपैयाँभन्दा धेरै रकममा नबेच्न र नकिन्न आग्रह गरिएको छ ।

निवदेनसँग निवेदकले स्थानीय तहको सिफारिस वा यात्रा प्रयोजनका लागि खुल्ने कागजातको फोटोकपी पनि सामेल गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र कार्यालयले उपत्यका बाहिर जाने सवारी पास जारी गर्ने जनाएको छ ।

यस्ताे छ सवारी पासकाे लागि आवेदनकाे ढाँचा

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।