काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
Comment