काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ।यससँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ। कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।
Comment