थप ५९३ जनामा कोरोना संक्रमण, कुल संक्रमित ११७५५

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

शुक्रबार थप भएकासँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । हालसम्म १ हजार २४९ महिला र १० हजार ५०६ जना पुरुषमा यो संक्रमण देखिएको छ । विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

यसैगरी हालसम्म पिसिआरबाट २ लाख ६ हजार २७१ जनाको परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल क्वारेन्टाइनमा ७१ हजार १२ जना रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।