कान्तिपुरका तीन सह-प्रकाशन बन्द,अब कान्तिपुर दैनिक र काठमाण्डु पोस्ट मात्रै प्रकाशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशकै ठूलो मिडिया घरना कान्तिपुर पब्लिकेसनले दुई दशकदेखि संचालन गर्दै आएका आफ्ना तीन सह–प्रकाशन बन्द गर्ने निर्णय गरेको छ।

कान्तिपुर पब्लिकेसनले शुक्रबार टेवोलाइड साप्ताहिक, साप्ताहिक नेपाल म्यागजिन र नारी मासिक म्यागजिन बन्द गर्ने औपचारिक निर्णय गरेको हो।

कोरोना महामारीको कारण देखाउँदै कान्तिपुरले २५ वर्षदेखि प्रकाशन हुँदै आएको साप्ताहिक, २० वर्ष देखि प्रकाशन हुँदै आएको नेपाल र १८ वर्ष देखि प्रकाशन हुँदै आएको नारी म्यागेजिन बन्द गर्ने निर्णय गरेको हो।

कान्तिपुर पब्लिकेसनले आफ्ना पाँच प्रोडक्ट प्रकाशन गरिरहेकोमा अब कान्तिपुर दैनिक र काठमाण्डु पोस्ट मात्रै प्रकाशन गर्नेछ। व्यवस्थापनले साप्ताहिक, नेपाल र नारीको प्रिन्ट संस्करणसँगै डिजिटल संस्करणसमेत बन्द गर्ने निर्णय गरेको छ। नेपाल म्यागेजिनको सम्पादकीय नेतृत्व बसन्त बस्नेतले गरिरहेका थिए भने साप्ताहिकको सम्पादकीय नेतृत्व राजाराम गौतमले गरिरहेका थिए।

नेपालका सम्पादक बस्नेतले शुक्रबार व्यवस्थापनको निर्णय आफ्ना सहकर्मीलाई औपचारिकरुपमा जानकारी गराइसकेका छन्। स्रोतका अनुसार कान्तिपुर पब्लिकेसनको यो निर्णयले पत्रकार र कर्मचारी गरी करिब एक सय जनाको रोजगारी गुमेको छ। कान्तिपुरले औपचारिक सूचना जारी गरेर तीन सहप्रकाशन बन्द गरेको घोषणा गर्ने तयारी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।