साधना लघुवित्तले असार २१ गतेबाट आईपिओ जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि प्राथमिक शेयर जारी गर्ने भएको छ ।

लघुवित्तले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८ सय कित्त आईपीओ जारी गर्ने भएको छ । जसमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता जारी हुनेछ।

लघुवित्तको आईपिओमा असार २१ गतेदेखि २४ गतेसम्म आवेदन गर्न पाइनेछ। जसम्मा न्यूनतम १० एकाई र अधिकतम १,००० एकाईहरूको लागि आवेदन राख्न सकिन्छ। लघुवित्तको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

साथै लघुवित्तले अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने तथा गाभिँने, प्राप्ति गर्ने अख्तियारी समेत गत साधरणसभा बाट संचालक समितिलाई दिएको छ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।