काठमाडौं । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका -८ को विकटबस्ती कोटडाडा(गणेशस्थान) लुभुमा रहेका असहाय बिपन्न तथा सुत्केरी सहित घर परिवारलाई राहात वितरण गरिएको छ ।
उनीहरुलाई काठमाडौं नयाँ बानेश्वर निवासी समाजसेवी ओम श्रेष्ठको तर्फबाट युवराज के सि र नन्द कुमार खड्काको पहलमा राहत वितरण गरिएको हो।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका उनीहरु समस्यामा पर्दै आएका थिए ।
असहाय बिपन्न तथा सुत्केरी सहितका ति परिवारलाई चामल, दाल, खानेतेल, आलु, सोयाबिन ,नुुन लगायतका सामग्री वितरण गरेको पत्रकार दिपक घिमिरेले जानकारी दिए ।
Comment