काठमाडौं । थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा २ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।
Comment