मौसम पूर्वानुमान: देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जल तथा मौसम पूर्वानुमानले मनसुनी वायु र मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशका अधिकांश क्षेत्रको मौसम बदली हुने जनाएको छ । 

हाल देशका अधिकांश भू–भागमा बदली रहेको छ । प्रदेश १, २, ५, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

बिहीबार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेकाले ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको छ ।

यस्तै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।