काठमाडौं । नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ ।
लकडाउन खुकुलो भएसँगै संघले अण्डाको मूल्य क्यारेटको २० रुपैयाँ बढाएको हो ।
यसअघि २८५ रुपियाँमा किसानको फर्मबाट बिक्री हुने अण्डा अहिले ३०५ रुपियाँ पु¥याएको छ । त्यही अण्डा उपभोक्ताको भन्सासम्म पुग्दा क्यारेटको ३५०–३६० रुपियाँ पुग्ने सङ्घका अध्यक्ष शिवराम केसीले बताए ।
अहिले कुखुरा उत्पादन कम भएको कारणले अण्डा उत्पादन कमी आएको छ । पछिल्लो समय बन्दाबन्दी खुकुलो भएपछि अण्डाको मागमा पनि वृद्धि भएको हुनाले यो मूल्य वृद्धि भएको उनले बताए ।
उत्पादन कम र माग बढी भएको कारण मूल्य वृद्धि भएको संघका भनाई छ । किसानलाई एउटा अण्डा उत्पादन लागत खर्च ११ रुपियाँ ५३ पैसा पर्छ तर उसले १० रुपियाँ ३७ पैसा मात्र पाउने गरेका छन्। अहिले पनि किसानले एक रुपियाँ ३७ पैसा घाटामा अण्डा बेचिरहेका छन् ।
बन्दाबन्दी भन्दा पहिला दैनिक ४२ लाखवटा अण्डा उत्पादन हुन्थ्यो । त्यसमा ४० लाख खपत हुन्थ्यो । दुई लाख बढी नै हुन्थ्यो । अहिले दैनिक १८ लाख मात्र अण्डा उत्पादन हुन्छ तर लगभग २५ लाख अण्डा खपत भइरहेको संघको भनाई छ।
Comment