काठमाडौं । थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने २ हजार २ सय २४ जना निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
Comment