काठमाडौं । बाबा रामदेवले कोरोनाको आयुर्वेदक औषधि बनाएको दाबी गरेका छन् ।
बाबा रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको हो । हरिद्वारमा आयोजित कार्यक्रममा औषधि मात्र सार्वजनिक गरेनन् उनले कोरोनामा राम बाण समेत हुने सुनाए ।
बाबा रामदेवलका अनुसार कोरोनिल औषधि ९५ जना व्यक्तिको परीक्षण गरिएको थियो। यस औषधिको प्रभावका साथ ६९ प्रतिशत कोरोनाका पोजेटिभ बिरामीहरू केवल तीन दिनभित्रमा निको पारिए पञ्जलिले दावी गरेको छ । जबकि १०० प्रतिशत बिरामीहरू ७ दिनमा निको भएका छन्। औषधिको क्लिनिकल परीक्षणमा उपस्थित एक जना बिरामीको पनि मृत्यु नभएको कम्पनीले दावी गरेको छ ।
प्रेस सम्मेलनमा योगगुरु रामदेवले भने, ‘यो आयुर्वेदिक औषधि बनाउन केवल स्वदेशी सामग्री मात्र प्रयोग भएको छ, जसमा मुलठी–डेकोलगायतका धेरै चीज छन्। गिलोय, अश्वगन्ध, तुलसी, सासको रस पनि यसमा प्रयोग भएको छ। रामदेवका अनुसार सम्पूर्ण देशलाई दालचीनी, लंग, पेपली, सुख्खा अदुवा, एम मौलाथी, गिलोय, तुलसी, अदुवा, कालो मिर्च र मौलाठीमा बनाइएको हो ।
Comment