पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ७० रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।