कोरोना संक्रमण बढ्दै गएपछि पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग छलफल गरिरहेको छ। 

विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्ने प्रक्षेपण गरेसंगै सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गरेर साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको हो ।

केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो भने नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गरेकोले पूर्ण लकडाउनको तयारी थालिएको जनाइएको छ । 

लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।