मौसम पूर्वानूमान : देशभर नै मनसुनी गतिविधि सक्रिय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम पूर्वानूमान महाशाखाले देशभर नै मनसुनी गतिविधि सक्रिय भएको जनाएको छ ।

महाशाखाका अनुसार मनसुनी गतिविधि सक्रिय प्रभावका कारण सोमबार दिनभर पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले जानकारी दिए ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

सोमबार बिहान काठमाडौँ उपत्यकाका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा भएकोले बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खु लगायतका खोलामा पानीको बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौँ उपत्यका आसपास भई बहने स–साना नदीमा जलसतह बढ्दो रहेको र केहीमा सतर्कतासम्म पुग्ने सक्ने देखिएकाले नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।