ढलान गरेको तेह्र दिनमै यसरी भत्कियो पुल,सरोकारवाला पक्षको चरम लापरवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकास्थित दानव नदीमाथि बन्दै गरेको ३० मिटर लामो र ११ मिटर चौडाइको पुल सरोकारवाला पक्षको लापरवाहीका कारण एक दिन परेको झरीले भत्काइदिएको छ । 

पुल ढलान भएको १३ औ दिन गएको मंगलबार दिनभर परेको झरीले पक्की पुल भत्किएको हो।

आर्थिक वर्षको अन्त्यमा आएर हतारहतारमा गरिने कामको परिणामस्वरुप रुपन्देहीको सियारी गाउँपालिका र मायादेवी गाउँपालिका जोड्ने गरी दानव नदीमा निर्माणाधीन पक्की पुल भत्किएको छ। मंगलबार दिनभरि आएको झरीका कारण दानव नदीमा बढेको पानीको बहावले उक्त भाँच्चिएको बताइएको छ ।

२०७३ असार ३० मा ठेक्का सम्झौता गरिएको उक्त पुल गएको २०७७ वैशाख १५ गते सम्पन्न हुनुपर्ने थियो। तर विभिन्न कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गरेको उक्त पुल यही जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको थियो ।

यो पद्धति ढलानमा नयाँ हो । यसमा डन्डीको प्रयोग कम हुने हुँदा अन्य प्रविधिभन्दा सस्तो हुने गर्छ । यो प्रविधिमा बिममा प्वाल छाड्ने र लठ्ठा घुसाएर लठ्ठाले दुवैतिर अडाउने गरिन्छ ।

ढलान गरेको १३ औं दिनमै पुल भाँच्चिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर मेघराज मरासिनीले बताए । ८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल ६० मिटर लम्बाइको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।